• १२ असोज २०८१, शनिबार

साहित्यकार डा. अधिकारीलाई हुमादेवी स्मृति प्रलेस प्रतिभा पुरस्कार

blog

अग्रज साहित्यकार डा. अधिकारीलाई पुरस्कृत र सम्मान गरिंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ४ गते । बाँकेका साहित्यकार प्रा.डा.गोपालप्रसाद अधिकारीलाई स्मृति प्रलेस प्रतिभा पुरस्कारसहित सम्मान गरिएको छ । प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशले आफ्नो ७३ औँ स्थापना दिवस मनाउन आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार डा. अधिकारीलाई हुमादेवी स्मृति प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डा.कृष्णप्रसाद घिमिरेले साहित्यकार अधिकारीलाई प्रदान गर्नुभयो । प्रगतीशील लेखक सङ्घ लुम्बिनी प्रदेशले प्रदान गर्दै आएको सो पुरस्कार सो पुरस्कार पाँच हजार रुपियाँको रहेको संघका प्रदेश अध्यक्ष पङ्कज श्रेष्ठले बताउनुभयो । 

अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा प्रगतीशील साहित्यको उपादेयता बारे प्राडा कृष्णप्रसाद घिमिरे, प्राडा गोपालप्रसाद अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, डा इन्द्रबहादुर भण्डारी इन्द्रेणी, कल्पना पौडेल ‘जिज्ञासु’ र पुष्कर रिजालले आ आफ्नो विचार राख्नुभएको थियो । सो कार्यक्रममा एक दर्जन स्रष्टाहरूले रचना वाचन पनि गर्नुभएको प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशले जनाएको छ । 

त्यसैगरी नेपालगन्जमै आयोजना गरिएको एक अर्को कार्यक्रममा साहित्यकार गोपाल अस्कको कथा कृति कालो गुलाबमा केन्द्रित रही विभिन्न साहित्यकारहरुले समीक्षा गर्नुभएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले बताउनुभयो ।