• १२ असोज २०८१, शनिबार

मृतक खेलाडीको सम्मानमा पथरीशनिस्चरेमा बिदा

blog

हरि कोइराला 

उर्लाबारी, असोज ६ गते । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता मोरङ पथरीशनिश्चरे १ निवासी वडिविल्डर्स प्रकाश राईको सम्मानमा पथरीशनिश्चरे नगरपालिकाले आइतबार सार्वजनिक बिदा घोषण गरेको छ । 

भदौ ३० गते शनिवार काठमाडौँमा सम्पन्न प्रतियोगितामा स्वर्ण विजेता राईको बुधवार बिहान हृदयाघात भई काठमाडौँको  धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको थियो ।  उपाधि जिती गृह नगर फर्किएर परिवार र साथीहरूसँग खुसीयाली साट्न नपाई राईको ४५ वर्षको उमेरमा मृत्यु भएको थियो । राईको शवलाई शनिवार नगर परिक्रममा गराई अन्त्येष्टि गरिएको छ । 

पथरीशनिश्चरे नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार बिदा घोषणा गरेको हो ।