• १२ असोज २०८१, शनिबार

बिरामीको उपचारलाई उच्च प्राथमिकता

blog

चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ।तस्बिर :शान्ता अधिकारी

भरतपुर समाचारदाता

चितवन, असोज ६ गते । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीको चापलाई ध्यानमा राख्दै बिरामीको उपचारलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

अस्पतालको २५ औँ स्थापना दिवस एवं २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको सन्दर्भमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । प्रत्येक वर्ष क्यान्सर अस्पताल स्थापना भएको असोज १० गतेलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसका रूपमा मनाउने गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालले स्थापना दिवसका अवसरमा गर्न लागेका कार्यव्रmम र अस्पताल सुधारबारेमा जानकारी दिनुभएको छ ।

डा. पौडेलका अनुसार स्थापना दिवसको अवसर पारेर अस्पताल प्रशासनले असोज ४ गतेबाट साताव्यापी कार्यव्रmम आयोजना गर्दै छ । त्यसका लागि स्वास्थ्यसम्बन्धी प्रशिक्षण, उपचार र रक्तदानलगायतका कार्यक्रम छन् ।

मुख्य दिन राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुहुने औपचारिक कार्यक्रमपूर्व सोही दिन बिहान चौबिसकोठीबाट म्याराथनसमेत आयोजना गरिँदै छ ।

२०५६ साउन ४ गते शल्यचिकित्सा तथा २५ शøयाबाट अन्तरङ्ग सेवा प्रारम्भ गरेको यस अस्पतालमा यतिबेला पाँच सय श-या छन् । अस्पताललाई अझ विशिष्टीकृत गर्दै अझै विशिष्टीकृत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । अस्पतालले पछिल्ला वर्षमा क्यान्सर रोगीको उपचारका साथै अध्ययन अध्यापनका क्षेत्रमा नर्सिङ कलेजको स्थापना गरेको छ । त्यस्तै अस्पतालले चिकित्सातर्पm विभिन्न विधामा स्नातकोत्तरपश्चात् प्रदान गरिने तालिम नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त पोस्टग्य्राजुयट फेलोसिप ट्रेनिङ तेस्रो ब्याच सञ्चालन गरिसकेको छ । चिकित्सा शिक्षा आयोगका कार्यव्रmम अन्तर्गत तीन विषयमा तीनबर्से एनबीएमएस सञ्चालनमा छ । 

मित्रराष्ट्र चीन सरकारको आर्थिक, प्राविधिक र जनशक्ति सहयोगमा निर्मित अस्पतालले २०५६ सालदेखि सेवा प्रारम्भ गरेको हो । 

२०४८ चैत ३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन चिनियाँ प्रधानमन्त्री लिफङबिच द्विपक्षीय सहयोग अभिवृद्धि गर्न र नेपालमा क्यान्सर अस्पताल स्थापना गर्न चीनको राजधानी बेइजिङमा दुवै पक्षबिच समझदारी भएको थियो । सोही अनुसार २०४९ साउन २७ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परियोजना व्यवस्था समिति गठन भई कार्य आरम्भ भएको थियो भने अस्पतालको औपचारिक उद्घाटन २०५६ असोज १० गते गरिएको थियो । 

अस्पतालको स्थापनाको दिन पारेर प्रत्येक असोज १० गतेलाई सरकारले राष्ट्रिय क्यान्सर सतर्कता दिवस घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अस्पतालमा कर्मचारी एवं चिकित्सक गरी ८२१ जना कार्यरत छन् । वार्षिक झन्डै दुई लाखको सङ्ख्यामा बिरामीको जाँच गरिने यस अस्पतालमा प्रतिवर्ष झन्डै सात हजार क्यान्सर रोगीको उपचार गरिँदै आएको छ । १० हजारभन्दा बढी बिरामी भर्ना गरेर क्यान्सर रोगको उपचार गराउँदै आएको यस अस्पतालमा प्रतिवर्ष झन्डै पाँच हजार वटा क्यान्सरका ठुला शल्यव्रिmया हुने गरेका छन् ।