• ८ मंसिर २०८१, शनिबार

रेसुङ्गा विमानस्थलबाट नियमित उडान

blog

तस्बिर – तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, भदौ ३० गते । करिब दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट उडान नियमित भएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार २८ गते शुक्रबार बिहान काठमाडौँबाट १३ जना र गुल्मी रेसुङ्गाबाट १५ जना यात्रु लिएर नेपाल एयरलाइन्सले उडान भरेको छ । 

गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको थिएन । भदौ ७ गते शुक्रबार पनि उडान हुन्छ भन्नेमा यात्रुहरूमा अन्योलता छाएका कारण गुल्मीबाट काठमाडौँका लागि यात्रु नभएको थापाको भनाइ छ । उक्त जहाजले काठमाडौँबाट भने १२ जना यात्रु लिएर रेसुङ्गा उडान भरेको थियो । मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताउनुभयो । 

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।