• २६ पुस २०८१, शुक्रबार

मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ

blog

कुमारी घर अगाडि मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ । तस्बिर : शेखर चौलागाईं

काठमाडौँ, भदौ २४ गते । वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा हो । लिङ्गो ठड्याएर अर्थात् ‘इन्द्रध्वजोत्थान’ गरेर सुरुवात गरिने इन्द्रजात्रा लिङ्गो ढालेपछि सकिन्छ ।

लिङ्गोमा ध्वजापताका रहने भएकाले लिङ्गो ठड्याउनुलाई ‘इन्द्रध्वजोत्थान’ भनिएको हो । इन्द्रजात्रा विशेषतः देवराज अर्थात् देवताका पनि राजा इन्द्रसँग सम्बन्धित छ ।