• २० असोज २०८१, आइतबार

कर्णाली राजमार्ग अवरुद्ध

blog

नेत्र शाही

जुम्ला, भदौ २३ गते । बर्सातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको यासमोड, गगन खोलामा पहिरो आई सड्क अवरुद्ध भएको छ । 

डिभिजनले एक सूचना जारी गर्दै बर्सातले सड्क अवरुद्ध भएको जानकारी गराएको हो । यस वर्ष पटक पटक वर्षा पछिको पहिरोले सड्क अवरुद्ध भएको छ । झन्डै एक हप्ता अगाडि दही खोला, माला चौर सहितका दर्जनौँ स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भई खुलाइएको थियो । यस पटक निरन्तर राजमार्गमा पहिरो आइरहेको छ । डिभिजन प्रमुख चेतन कुमार मण्डलका अनुसार सड्क अवरुद्ध हुँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । करिब २० मिटर भन्दा बढी बाटो भत्किएको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा स्थानीय सरकारले खोलेका सडकको पहिरोले बढी समस्या गरेको बताएका छन् । त्यस क्षेत्रमा सड्क निर्माणका लागि जनशक्ति पठाइएको उहाँले जानकारी दिनुभयो ।