• १३ साउन २०८१, आइतबार

'मायाको माया'मा राजेश हमाल

blog

काठमाडौं, वैशाख २६ गते । महानायक राजेश हमाल नयाँ फिल्म 'मायाको माया'मा अनुबन्धित हुनुभएको छ । हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गर्नुभएको हो । 

रोहित करण वैद्यको निर्देशन रहने यस फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै 'मायाको माया'मा काम गर्न लागेको जानकारी गराउनुभएको हो । 

महानायक हमाल यसअघि भने शङ्कर कार्कीको निर्देशनमा निर्माण हुने फिल्मबाट कमव्याकको तयारीमा हुनुहुन्थ्याे ।