• २६ पुस २०८१, शुक्रबार

आजको विनिमयदर : अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

blog

काठमाडौँ, भदौ १८ गते । सोमबारको तुलनामा मङ्गलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको  खरिददर एक सय ३३ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपियाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपियाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपियाँ ९२ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपियाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपियाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ ५९ पैसा रहेको थियो ।

त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपियाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७६ पैसा र बिक्रीदर ९१ रुपियाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपियाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ९३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १३ पैसा र बिक्रीदर नौ रुपियाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८४ पैसा र बिक्रीदर १८ रुपियाँ ९२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७० पैसा र बिक्रीदर ३५ रुपियाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७६ पैसा र बिक्रीदर ३६ रुपियाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९२ पैसा र बिक्रीदर तीन रुपियाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६ रुपियाँ६४ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७६ पैसा र बिक्रीदर ३० रुपियाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ छ पैसा र बिक्रीदर १३ रुपियाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा रहेको छ ।

आज हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ १८ पैसा र बिक्रीदर १७ रुपियाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ चार पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ । रासस