• २८ पुस २०८१, आइतबार

ग्लोबलले ल्यायो बालबालिकालक्षित एप

blog

काठमाडौँ, भदौ १८ गते । बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैङ्किङ क्षेत्रमै पहिलो पटक बालबालिकालक्षित बैङ्कले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैङ्किङ कारोबारसम्बन्धी अभ्यस्त गराउन यो एप ल्याइएको बैङ्कले जनाएको छ । बैङ्कका अनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु यो एपको उद्देश्य हो । बैङ्कले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित ग्लोबल जुनियर एप सार्वजनिक गरेको जनाएको छ । 

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैङ्कको दाबी छ । यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेका बेला बचतको रकम खर्च गर्न सक्ने हुनाले यसले बालबालिकामा आर्थिक जिम्मेवारीको समेत विकास हुने बैङ्कले जनाएको छ । 

साथै आमाबुवाको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैङ्कले लिएको छ ।