• १ जेठ २०८२, बिहिबार

बागलुङका दस पालिकाको बेरुजु २५ करोड ७२ लाख बढी

blog

अर्जुन कार्की 

काठेखोला (बागलुङ), जेठ १ गते । बागलुङ जिल्लाका दस स्थानीय तहमा आर्थिक वर्ष २०८०-०८१ मा २५ करोड ७२ लाख रुपियाँ बढी बेरुजु देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा २५ करोड ७२ लाख २ हजार रुपियाँ बेरुजु देखिएको हो । जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७९-८० को तुलनामा बेरुजु घटाएका छन् । आर्थिक वर्ष २०७९-८० मा महालेखाको प्रतिवेदन अनुसार बागलुङका स्थानीय तहमा ३४ करोड ४२ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु जैमिनी नगरपालिकामा (३.५१ प्रतिशत) र सबैभन्दा कम बेरुजु गलकोट नगरपालिकामा (०.७१ प्रतिशत) देखिएको छ । जैमिनी नगरपालिकाको १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा ६ करोड ७ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ । यस्तै गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार रुपियाँ लेखापरीक्षण गरेकोमा रुक करोड १८ लाख ७२ हजार रुपियाँ मात्र बेरुजु देखिएको छ । 

महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको २ अर्ब ७२ करोड २२ लाख ७३ हजार रुपियाँ लेखापरीक्षण गर्दा ४ करोड ४५ लाख ७९ हजार रुपियाँ, ढोरपाटन नगरपालिकाको १ अर्ब २२ करोड ८२ लाख ८५ हजार रुपियाँ लेखापरीक्षण गर्दा ६ करोड ७ लाख १६ हजार रुपियाँ र काठेखोला गाउँपालिकाको १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपियाँ लेखापरीक्षण गर्दा ३ करोड ९७ लाख ११ हजार रुपियाँ बेरुजु रहेको छ ।

यस्तै, तमानखोला गाउँपालिकाको ६५ करोड २४ लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गर्दा १ करोड २० लाख ९० हजार रुपियाँ, ताराखोला गाउँपालिकाको ७४ हरोड १७ लाख २४ हजार रुपियाँ लेखा परीक्षण गर्दा २ करोड २८ लाख ४५ हजार रुपियाँ, निसीखोला गाउँपालिकाको १ अर्ब ८ करोड ५१ लाख १५ हजार रुपियाँ लेखापरीक्षण गर्दा १ करोड ४८ लाख २६ हजार रुपियाँ, बडिगाड गाउँपालिकाको १ अर्ब ६१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा १ करोड ७३ लाख ६३ हजार रुपियाँ र बरेङ गाउँपालिकाको ८१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा ७७ लाख ७७ हजार रुपियाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।