• १३ साउन २०८१, आइतबार

'पृथ्वीराज'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, वैशाख २६ गते । अभिनेता अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' को ट्रेलेर सार्वजनिक भएको छ । २०२२ को प्रतीक्षित फिल्म मध्यको एक 'पृथ्वीराज' पनि हो जसमा अक्षय कुमार र पूर्वमिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा हुनुहुन्छ। 

फिल्ममा इतिहास र देशभक्ती दुवै समेटिएको छ । फिल्म सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको बताइएको छ । फिल्मको ट्रेलरमा अक्षय कुमार र मानुषीसँगै सोनु सुद पनि देखिनुभएको छ । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा हुनुहुन्छ । 

फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नुभएको हो ।