• १६ भदौ २०८१, आइतबार

पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

blog

काठमाडौँ, भदौ १६ गते । नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको छ । 

‘‘सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह पनि गर्छु’, महासङ्घ अध्यक्ष पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ । 

यसअघि महासङ्घको सदस्यता वितरण, नवीकरण लगायत विषयमा विवाद भएको कारण निर्वाचन पटक पटक सर्दै आएको थियो ।