• १६ भदौ २०८१, आइतबार

वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

blog

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौँ, भदौ १५ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताउनुभएको छ।

शनिबार काठमाडौँमा क्याप्टेन थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताउनुभयो। क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ।रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो। मैले त्यसै रूपमा लिएको छु। यो कुरा लुकेर लुक्ने छैन। ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ। धेरै ठुलो मद्दत गर्नुभएको छ। यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक-हार्दिक धन्यवाद दिन चाहन्छु।’’

उहाँले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गर्नुभयो।   

यो पनि पढ्नुहोस