• १६ भदौ २०८१, आइतबार

टी–२० विश्वकप टोलीलाई जनही तीन लाख

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै अमेरिका र वेस्टइन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ । 

क्यान कार्यसमिति बैठकले टोलीका खेलाडीलाई तीन लाख र अन्य सपोर्ट स्टाफलाई जनही एक लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेपालले विश्वकपमा खेलेको चार खेलमा तीन हार खेपेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो । 

यस्तै क्यानले सातवटै प्रदेशका क्रिकेट सङ्घमार्फत प्रत्येक प्रदेशमा दुई जना महिला र तीन जना पुरुष खेलाडीलाई १५/१५ हजार रुपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ । उक्त निर्णय सेप्टेम्बर १ तारिखदेखि एक वर्षका लागि लागु हुने बताइएको छ ।