• २८ पुस २०८१, आइतबार

नतिजा सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १५ गते । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ स्नातक तह (एमबिबिएस) अध्ययनका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले शुक्रबार आयोगले चिकित्सा शिक्षातर्फ एमबिबिएसको नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो । 

उहाँले परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिँदै न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेट नभरेका वा गलत विवरण भरेका उम्मेदवारको उत्तरपुस्तिका भने रद्द गरिएको जानकारी दिनुभयो । 

कार्यकारी उपाध्यक्ष झाले चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको शुक्रबार बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको बताउनुभयो । शैक्षिक सत्र २०८१/८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनोट गर्न २०८१ भदौ १ गते एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिएको थियो ।