• २८ पुस २०८१, आइतबार

उद्यमशीलता विकासबारे प्रशिक्षण प्रदान

blog

काठमाडौँ, भदौ १४ गते। जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४)  सम्पन्न भएको छ। 

जेसीआई पोखराको आतिथ्यतामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) सम्पन्न भएको हो। कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेसाकर्मीलाई समेट्दै व्यावसायिक रणनीति,  उद्यमशीलता विकासबारे महत्त्वपूर्ण प्रशिक्षण प्रदान गरेको थियो। 

चार दिनको आवासीय कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लिराज भट्टले गर्नुभएको थियो भने अध्यक्षता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटररबिन पोख्रेलले गर्नुभएको थियो। 

अन्तर्राष्ट्रिय प्रशिक्षक हिमाद्रि शैलेन्द्र सिन्हा तथा सिए चेतना जैनसहित बेटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतमले देश भरीबाट सहभागी ६२ जना प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुभएको थियो। 


प्रशिक्षणकै दौरान पोखराका प्रतिष्ठित व्यवसायी गणेशबहादुर भट्टराई तथा प्रकाश देव पालिखेले “फायारसाइड टक’’ मार्फत व्यावसायिक चुनौती र सम्भावना बारे अन्तरक्रिया गर्नुभएको थियो। 

रारा चाउचाउका उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाइफ लगायतका १० विभिन्न व्यवसायी र प्रशिक्षार्थी बिच “बिजनेस एक्सचेन्ज मिट’’ आयोजना गरिएको थियो । उक्त कार्यक्रमले फरक ब्राण्ड स्थापित गर्न सक्षम रहेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पूर्व अध्यक्ष सिनेटर किरण केसीले बताउनुभयो।

पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पोखरा जेसीजले स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा वर्ष भरी विभिन्न कार्यक्रम गरी मनाउने लक्ष्यले युवाको क्षमता विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्घोष गर्नुभयो।