• १६ भदौ २०८१, आइतबार

एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी

blog

काठमाडौँ, भदौ ११ गते । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन् । 

भदौ ११ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालको तर्फबाट सहभागी हुने खेलाडीको छनौट देशभरका एक सय ७५ जना खेलाडीबाट गरिएको नेपाल बक्सिङ महासङ्घले जनाएको छ । 

जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही, ६० केजी तौल समूहमा शेरप गल्चेन शेर्पा, ८० केजी मा सर्यन वैद्य र ६१ केजी स्कुलमा रोमस श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ । टोलीको प्रशिक्षकमा रमेश दास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनाली हुनुहुन्छ ।

टोली मङुगलबार राति दुबई प्रस्थान गर्नेछ । बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।