• १६ भदौ २०८१, आइतबार

कैलालीका शिक्षक प्युठानमा मृत फेला

blog

सुजल श्रेष्ठ
प्युठान, भदौ ११ गते ।
ऐरावती गाउँपालिका–६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका छन् । विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो ।

मृतक शिक्षकको घर कैलाली टीकापुर हो । विद्यालयमा बस्दै आएका शिक्षक पालिकामा तालिमबाट फर्किने क्रममा घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको सूचना अधिकारी केसीले बताउनुभयो । घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।