• १६ भदौ २०८१, आइतबार

चट्याङ लागेर प्रधानाध्यापककाे मृत्यु

blog

प्रतीक शर्मा

सल्यान, भदौ ११ गते  । यहाँ  चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका १का वडा अध्यक्ष रविलाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो  साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।  

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो ।  

उहाँका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।