• ८ मंसिर २०८१, शनिबार

नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, भदौ ८ गते । सर्लाहीको ब्रह्मपुरीमा शनिबार बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहका छोरा ६ वर्षीय अङ्कित साहको पोखरीको पानीमा डुबेर मृत्यु भएको हो ।

नुहाउन भनी घरबाट निस्किएका बालकको बिहान ९ बजेतिर घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।