सत्य युगमा पार्वतीले महादेव पति पाउन गरेको व्रत उपासनादेखि तिजको परम्परा चलिआएको कुरा भविष्य पुराणमा वर्णन गरिएको छ । पूर्वजन्मका कारण पार्वतीले बालक कालमै महादेवलाई पति वरण गरिसकेकी थिइन् । त्यसैले उनले १६ वर्षसम्म धुवाँ मात्र खाएर ६४ वर्षसम्म सुकेका पातहरू मात्र सेवन गरेर घोर तपस्या गरिन् । उनको त्यो तपस्या देखेर उनका पिता हिमालय चिन्तामा डुब्न थाले । यी कन्या यस्ती तपस्वी छन् यिनको विवाह कोसँग गरिदिने होला । कस्तो वर मिल्ला भन्ने सोचमा मग्न भएकै बेला वीणा बजाउँदै नारदमुनि आइपुग्नुभयो । कुराको प्रसङ्ग चल्यो र नारदले भन्नुभयो, पार्वती कन्याको भगवान् विष्णुसँग विवाह गरिदिनुप¥यो । म कन्यार्थी भएर माग्न आएको भन्दा खुसी भएर हिमालयले तत्काल हुन्छ भनिदिनुभयो । त्यतिबेला मातापिताको वचन छोराछोरीले उल्लङ्घन गर्न सक्दैनथे । त्यसैले पार्वतीलाई ठुलो चिन्ता पर्न गयो र मुर्छा परिन् । यो कुरा उनका साथीहरू हरिता, अलिभीले थाहा पाएर पार्वतीलाई त्यहाँबाट भगाई एउटा अनकण्टारको जङ्गलको गुफामा लगी लुकाई राखे । उता विष्णु भगवान् विवाह गर्न भनी हिमालयको घरमा बरियात लिएर आउनुभयो । हिमालयले पार्वतीलाई कन्यादान गर्न यत्रतत्र खोजी गर्दा कहीँ फेला पार्न सक्नुभएन र लज्जित भएर यस लग्नमा विवाह हुन सकेन भनी जन्तीसहित भगवान् विष्णुलाई फर्काइदिनुभयो । उता पार्वती गुफाबाट निस्किएर जङ्गलको छेउमा रहेको नदी किनारमा बसेर शिवजीको आराधना गर्न लागिन् ।
पार्वतीको आराधनाका कारण तपमा बसी रहनुभएको शिवजीको तपस्या भङ्ग भयो । के कारणले तप भङ्ग भयो भनी महादेवले ध्यान दृष्टिले हेर्दा पार्वतीले आराधना गरिरहेको कुरा थाहा पाए र त्यही ठाउँमा पुग्नुभयो । अनि पार्वतीलाई सोध्नु भयो ‘किन तपस्या गरिरहेकी छ्यौ ? तिम्रो चाहना के छ ?’ भनी सोध्दा पार्वतीले हामी दुई जनाको विवाह होस् भन्नुभयो । महादेवले ‘एवमस्तु’ (भने जस्तै होस्) भनी फर्कनुभयो । उता हिमालयले आफ्नी छोरी खोज्दै जाँदा घना जङ्गलको नजिक खोलाको किनारमा फेला पार्नुभयो र किन यसो गरेको भन्दा म महादेवलाई पति वरण गर्न चाहन्छु भनिन् ।
हजुरले विष्णुसँग विवाह गरिदिने अठोट गर्नु भएको हुँदा भागेर यहाँ आई शिवजीको तपस्या गरेकीले शिवजीले दर्शन पनि दिनु भयो भनिन् । तब हिमालयले छोरीको इच्छा अनुसार महादेवसँग विवाह गरिदिनुभयो । पार्वतीले निराहार व्रत बसी महादेवबाट वरदान पाएर मनोकामना पूरा भएको दिन भाद्र शुक्ल तृतीय तिथि परेको हुँदा त्यसै बेलादेखि अहिलेसम्म यो दिनमा नारीहरूले निराहार व्रत बसी तिज मनाउने परम्परा चल्दै आएको छ । भाद्र शुक्ल तृतीयको अघिल्लो दिन साँझमा पार्वतीले दुई कोसा केरा खाई व्रत गरेको हुँदा व्रतको अघिल्लो दिन दरखाने चलन चल्दै आएको छ ।
पार्वतीलाई हरिता नामकी सखीले जङ्गलमा लुकाउन लगेकी र उनकै कारणबाट पार्वतीको मनोकामना पूरा भएको हुँदा यस व्रतको दिनको नाम पनि हरितालिका व्रत रहन गएको भन्ने भनाइ पाइन्छ ।
तिजका सम्बन्धमा अर्काे पनि भनाइ भेटिन्छ । तिजको व्रतका प्रभावले महादेव पार्वतीको विवाह भएपछि कैलाशबाट मत्र्यलोकमा यात्रा गर्दा पार्वतीले महादेवसँग सोधिन् मत्र्यलोकमा नानाभाँती दुःख पाएका नारीहरूलाई कसरी तिनको उद्धार गर्न सकिन्छ भनी उपाय सोध्दा महादेवले भन्नुभयो, “भाद्र शुक्ल तृतीयाका दिन निराहार रही शिव पार्वतीको पूजा गरेर रातभरि जाग्राम बसेमा पाप नास हुन्छ, सौभाग्य बढ्छ, सन्तानको समेत कल्याण हुन्छ ।” बिस्तारै यो प्रचलन अहिलेसम्म आइपुग्दा हरितालिका तिज भनेर मनाउन थालिएको छ ।
धार्मिक महìव
तिजको व्रत मूलतः सनातन वैदिक धर्मावलम्बी हिन्दु नारीहरूका लागि महìवपूर्ण मानिन्छ तर तिजको व्रत सबै जातिका महिलाले इच्छा अनुसार लिने प्रचलन पनि
बढिरहेको छ । हरितालिका व्रतको दिन बिहान गङ्गा, नदी, तलाउमा बालुवाको गौरी शङ्करसहितको शिव लिङ्ग स्थापना गरेर आफ्नो कुल परम्परा अनुसार रात्रिमा पूजा गर्नु पर्छ ।
यो पूजा गर्नाले नारी कहिल्यै विधवा हुँदैनन् भन्ने शास्त्रीय भनाइ छ । पूजाका लागि कर्मपात्रबाट तीन टुव्रmा कुश लिई पूजाका लागि बसिने जमिन, पूजा सामान, आफ्नो शरीर शुद्ध गराई प्रयाश्चित्त गोदान गरी उमा महेश्वरको प्रसाद सिद्धिद्वारा सफल जन्मको सञ्चित हुन गएको पाप नास होस्, दीर्घायु होस्, सौभाग्य होस्, धनधान्यादी सुख भोग प्राप्ति होस् भनी शिव सायुज्य प्राप्तिका लागि विधिपूर्वक पूजा गर्नु पर्दछ । पूजा गर्दा गनेका अक्षता भए अर्पण गर्ने, निराजन बाल्ने अनि फूल अक्षता चन्दन चढाउँदै नाम पूजा गर्ने ।
ॐ उमायै नमः, ॐ गौर्याै नमः, ॐ पार्वत्यै नमः, ॐ जगद्र्धाेत्रौ नमः, ॐ जगत प्रतिष्ठायै नमः, ॐ शान्ति रुपिण्यै नमः, ॐ पराय नमः, ॐ महेश्वराय नमः,ॐ शुलपाणग्ये नमः, ॐ पिनावु हस्ताय नमः, ॐ शिवाय नमः, ॐ पशुपतय नमः, ॐ महादेवाय नमः, नाम पूजापछि पुष्पाञ्जली चढाउने, नमस्कार गर्ने, प्रार्थना गर्ने÷प्रार्थना गर्ने मन्त्र
पुत्रान् देहि धनं देहि सौभाग्ंय देहि सब्रुते ।
अन्यांश्च सर्व कामाश्च देहि देव नमोस्तुते ।।
प्रार्थनां समर्पयामि उमा महेश्वराभ्यां नमः
भोलिपल्ट साधारण पूर्णपात्र गरेर गोदान एवं दान प्रतिष्ठा पूजा गरी ब्राह्मणलाई दक्षिणा सङ्कल्प गर्ने अगस्त्य ऋषिको पूजा गरी अघ्र्य दिएर पूजा पूर्ण गर्नुपर्छ ।
भाद्र शुक्ल ऋषि पञ्चमी ऋषि पञ्चमी तिजको तेस्रो दिन अरुन्धतीसहित सप्त ऋषिहरूको पूजा गर्नु पर्दछ । यो दिन गङ्गा नदी, तलाउमा स्नान गरेर प्रायश्चितको निमित्त पूर्वपट्टि फर्केर आचमन गरी हातमा दतिवन (अपामार्ग) लाई लिएर यो मन्त्रले प्रार्थना गर्नु पर्छ ।
“आयुर्बलं यशोवर्चः प्रजापशु बसूनिच ।
ब्रह्मज्ञानं च मेधां च तन्नो देहि वनस्पते ।।”
त्यसपछि दतिवन, गाईको गोबर, माटो, पिना, अमला आदि लगाएर स्नान गरी देह शुद्ध पार्नु पर्छ । सप्त ऋषिको पूजा गर्दा पूर्व दिशामा कश्यप ऋषि, आग्नेय कोणमा अत्रि ऋषि दक्षिण दिशामा भारद्वाज ऋषि नैरित्य कोणमा विश्वामित्र ऋषि, पश्चिम दिशामा गौतम ऋषि, वायब्य कोणमा जम दग्नि ऋषि, उत्तर दिशामा वशिष्ट ऋषि र माझमा अरुन्धतीको पूजा गर्दे आठ पटक यज्ञ मण्डपको प्रदक्षिण गर्नु पर्दछ । यसैलाई पञ्चमीको पाइला पनि भन्ने गरिन्छ ।
भाद्र महिना शुक्ल पक्ष तृतीय तिथिमा गरिएको व्रत अनुष्ठानले मनुष्यको सबै पाप भस्मीभूत भएर जान्छ । महिला अखण्ड सौभाग्यवती भई सुखपूर्वक जीवन व्यतीत गर्न पाउँछिन् भनिएको छ । यस दिनमा व्रतालु नारीले नरोपीकन उम्रेका (सामा जस्ता) खाना एक छाक मात्र खानु भन्ने भनाइ पाइन्छ । मधुपर्क
तारकेश्वर–३, किसन्डोल, काठमाडौँ