• १६ भदौ २०८१, आइतबार

तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो

blog

दुर्घटनास्थलमा उद्धारमा खटेका सुरक्षाकर्मी र स्थानीय ।

अमरराज नहर्की 

तनहुँ, भदौ ७ गते । तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको  हो ।  चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको  भने थप सात जनाको अचेत अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । 

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको छ । अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।  



यो पनि पढ्नुहोस

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार सुरु

यात्रुवाहक बस मर्स्याङ्दीमा खस्यो