• १६ भदौ २०८१, आइतबार

तनहुँ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

blog

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, भदौ ७ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुःख व्यक्त गर्नुहुँदै भन्नुभयो, ‘‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी  नदीमा यात्रुवाहक बस खस्दा भएको ठुलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणमा लाग्न सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।