• १६ भदौ २०८१, आइतबार

मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला

blog

मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरोले थुनिएको बोक्सीखोला । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ७ गते ।
मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।

हिमपहिरोले बोक्सीखोला थुनिएको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उहाँले बताउनुभयो ।

हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।  

म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार यो सहायक खोला हो । पहिरोले अहिले थुनिएको अवस्था छ, लामो समय थुनिएर एकै पटक खुलेमा तटीय क्षेत्रमा क्षति पुग्ने भएकाले सतर्क गराइएको अवस्था छ । सो खोलाको पानी गण्डकीमा मिसिन्छ ।