• २२ पुस २०८१, सोमबार

कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति

blog

मुख्यमन्त्री सतीशकुमार सिंहलाई सहमतिपत्र हस्तान्तरण गरिँदै । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, भदौ ७ गते । मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणको लागि आमरण अनशनरत सङ्घर्ष समितिबीच शुक्रबार चारबुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनशन स्थगित भएको छ । 

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह र सङ्घर्ष समितिका संयोजक परविनकुमार मोरबैता यादवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।

हस्ताक्षरित चारबुँदे सहमतिमा कमला नदीमा नयाँ पुल निर्माण गर्ने, पुल निर्माणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८२–८३ मा राख्न सङ्घ सरकारमा पहल गर्ने सहमति भएको छ ।

सङ्घबाट बजेट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ । आगामी मङ्सिर १ गतेभित्र पुलको डिपिआर तयार गरी बोलपत्र आह्वान गरिने र नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिराहा–धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजैका मितिबाट स्थगित गरिने उल्लेख गरिएको छ।