• १६ भदौ २०८१, आइतबार

अबुवाँ-बिर्दी-सेरा-पौवाटार सडक १० घण्टापछि सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ ७ गते । गोरखामा अविरल वर्षाका कारण बन्द भएको अबुवाँ-बिर्दी-सेरा-पौवाटार सडक खण्ड १० घण्टापछि सुचारु भएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण बन्द भएको उक्त सडक शुक्रबार पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 

५० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुंगा, माटो र ठुला रुखहरुलाई पन्छाउन गोरखा नगरपालिकाको जेसिबी प्रयोग गरी १० घण्टापछि सडक पूर्ण रुपम सञ्चालनमा आएको गोरखा नगरपालिकाकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाबाट नजिक तनुहँ र लम्जुङ जाने मुख्य सडक भएकाले पनि अवरुद्ध भएको केहि समयमै सडक सञ्चालनमा ल्याउनका लागि गोरखाका नगरपालिका, कर्मचारी, वडा नम्बर १३ र १४ का वडा अध्यक्ष तथा स्थानीयको सक्रिय सहभागितामा १० घण्टापछि सडक खुलाइएको उहाँले बताउनुभयो।

गोरखा नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम सम्पन्न भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । एउटै सडकमा ४ ठाउँमा ठुलो पहिरो गएकाले सडक अवरुद्ध भएका थियो । अवरुद्ध भएको सडक गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको सिमानामा रहेको छ ।  

सडक सुचारु भएपछि गोरखा नगरपालिका, तनुहँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लम्जुङको राईनस नगरपालिका  आवतजावत गर्ने यात्रुबाहक सवारीसाधन सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बुधबारदेखि परेको अविरल वर्षाका कारण गोरखा नगरपालिका–६ गिता मन्दिर देखि वडा नम्बर ८ को रानीबन हुँदै गोरखा नगरपालिका वडा नम्बर ४ को भिमसेन पार्क जाने सडक भासिएकाले साबधानी पुर्बक यात्रा गर्न गोरखा नगरपालिकाले आग्रह गरेको छ ।