• १६ भदौ २०८१, आइतबार

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

blog

सिद्धार्थ राजमार्गअन्तर्गत वालिङमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, भदौ ५ गते ।
अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

बिहानैबाट अवरुद्ध भएको राजमार्ग सूचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । बिहानैबाट सडक अवरुद्ध हुँदा सवारी साधान बाटोमा नै रोकिएका छन् ।

यसअघि मङ्गलबार साँझ गल्याङमा सडकमा रुख ढलेर अवरुद्ध भएको सडक दुई तर्फ सूचारु भइसकेको श्रेष्ठको भनाइ छ ।
यसैबिच अविरल वर्षाका कारण जिल्लाका प्राय सवै गामीण सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ ।