• १६ भदौ २०८१, आइतबार

पहिरोले गोठ पुरिँदा एकको मृत्यु

blog

राधा नेपाली
सन्धिखर्क, भदौ ४ गते ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा एकजनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर–१३, सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो ।

गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिनुभयो ।