• १३ साउन २०८१, आइतबार

'लाइफ इन एलए'को 'उदाएर आयौ तिमी' सार्वजनिक

blog

काठमाडौं, वैशाख २४ गते । सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म 'लाइफ इन एलए' को गीत 'उदाएर आयौ तिमी' सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा विष्टलाई देख्न सकिन्छ ।

गायिका प्रविशा अधिकारी तथा गायक प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । त्रिकोणात्मक प्रेमकथा आधारित यो फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय  छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । यस्तै, फिल्मका कार्यकारी निर्माता संसार सुवेदी र अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा हुनुहुन्छ । यही जेठ ६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र कविराज गहतराजसँगै सुरज श्रेष्ठको करियोग्राफी छ ।