• ७ मंसिर २०८१, शुक्रबार

नेपाल एसिया छनोट क्रिकेटको आयोजना गर्दै

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ १ गते । नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु-१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । रासस