• ९ मंसिर २०८१, आइतबार

मुहानमा क्षति पुगेपछि खानेपानी अभाव

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, साउन ३२ गते । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहकारी खानेपानी उपभोक्ता संस्थाले केही दिन पानी प्रवाह गर्न नसक्ने भएको छ । बुधबार रातिको अविरल वर्षाले सहिद लखन गाउँपालिका–७ को ढाकेखोला र छाङखोलाको मुहानमा पाइपलाइन तथा संरचनामा क्षति पुगेपछि सदरमुकाममा पानीको अभाव भएको संस्थाका अध्यक्ष सीता खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षा र बाढीले पानीको मुहानमा वरिपरि लगाएको रिटनिङवाल, सय मिटर पाइपलाइन बगाएर लगेको र मुहानको इन्टेकमा क्षति गर्दा झन्डै डेढ करोड जति क्षति पुगेको छ । “पूर्ण पमा क्षति पुगेकाले सामान्य मर्मत गरेर पानी चलाउन नसकिने भएको छ, गोरखा सदरमुकामवासीलाई पानी सहज तवरबाट वितरण गर्न सबै दक्ष शक्ति प्रयोग गर्दा पनि कम्तीमा एक साता लाग्ने देखिन्छ, उहाँले भन्नुभयो ।”

गोरखा सदरमुकाम क्षेत्रमा पृथ्वीनारायण साना सहकारी उपभोक्ता संस्थाले १३ सय घरधुरीलाई पानी वितरण गर्दै आएकोमा दुई दिनदेखि पानी दिन नसक्दा सबैभन्दा होटेल व्यवसायमा बढी प्रभाव परेको छ । संस्थामार्फत दैनिक १० लाख लिटर पानी उपभोक्ताको घरमा वितरण हँुदै आएको थियो । 

बाढी र पहिरोले खानेपानीको मुहानमा क्षति पु¥याउँदा गोरखा सदरमुकामको एक मात्र खानेपानीको मुख्य स्रोत भएकाले पनि १० औँ हजार मानिसलाई प्रत्यक्ष असर गरेको हो । गोरखामा प्यालेस होटेल सञ्चालक विष्णुप्रसाद तिमेल्सनाले पानी वितरण नहुँदा ट्याङ्करबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । दैनिक चार हजार लिटर पानी नियमित प्रयोगमा आउने भएकाले तत्कालै संस्थाले छिटो पानी वितरण गरी सहज वातावरण बनाइदिन उहाँको आग्रह छ । 

पृथ्वीनारायण साना सहरी खानेपानी संस्थाले खानेपानी विभागमा समेत पत्राचार गरिसकेको छ । आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भन्नका लागि मुहान संरक्षणका लागि संस्था लागिपरेको अध्यक्ष खड्काले बताउनुभयो ।