• ८ मंसिर २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

blog

सुदूरपश्चिम प्रदेश सभा ।

अविनाश चौधरी

धनगढी, साउन २९ गते । सुदूरपश्चिम प्रदेश सभाको आज बैठक बस्दै छ । दिउँसो ३ बजेबाट बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो। 

आजको बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । 

त्यस्तै, विधायन तथा प्रदेश मामिलाका सभापति दिवानसिंह विष्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफाबारे छलफल भई तयार भएको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।