• ८ मंसिर २०८१, शनिबार

अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा

blog

गाजापट्टि, साउन २८ गते । अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सयभन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गर्नुभएको छ ।

अबोल–घितले बिहानको प्रार्थनाको समयमा विस्थापित नागरिकहरूलाई मार्नु अपराध भएको बताउनुभयो ।

अरब लिग प्रमुखले गाजामा कैदी आदानप्रदान सम्झौता र तत्काल युद्धविरामका लागि गम्भीर रूपमा वार्ता गर्न इजरायललाई वास्तविक दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलीले गरेको बमबारीमा १०० भन्दा बढि प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएको छ ।

इजरायली सेनाका अनुसार आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षति न्यूनीकरणका लागि धेरै कदम चालिएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल