चाङ्सा, वैशाख २३ गते । चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै, भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशङ्का गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।
शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।