• १० माघ २०८१, बिहिबार

भैरव रिसालको संकलित रचनाको संग्रह सार्वजनिक

blog

काठमाडौँ, साउन २६ गते। वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाको संग्रह सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक भएको हो। 

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ। पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा लेखेका लेख तथा रचनालाई छानेर समावेश गरिएको छ। 

पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वले ९७ वर्ष पुगिसक्नुभएको रिसालको ऊर्जाको प्रशंसा गरेका थिए। रिसालले आफ्नो पत्रकारिताका दिनमा र लेखनमार्फत देशलाई योगदान पुर्‍याएको भन्दै सम्मान व्यक्त गरेका थिए। 

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनुभयो। रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँले बताउनुभयो। 

रिसालले अझै पनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए।