• १९ असार २०८१, बुधबार

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

blog

दुर्घटनाग्रस्त जिप ।

रेखीराम राना

पाल्पा, वैशाख २२ गते। सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ चर्चरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा रामपुर–३, का ४२ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

 बिहीबार साँझ ५ बजेतिर बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पाको रामपुरतर्फ आइरहेको लु १ च ७७८० नम्बरको डबल क्यापको बोलेरो जिप दुर्घटना भएको हो। दुर्घटनामा परी जिप चालक खेमबहादुर खाम्चा र रामपुर–३ बस्ने टुकनारायण श्रेष्ठ घाइते हुनुभएको छ। 
घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर छ। उहाँको लुम्बिनी मेडिकल कलेजमा उपचार भइराखेको छ। जिप सडकदेखि तीन सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो।