• १३ असोज २०८१, आइतबार

तनहुँमा ६६ जनाले हतियार बुझाए

blog

फाइल तस्बिर

तनहुँ, वैशाख २० गते । जिल्ला प्रशासन कार्यालयको आग्रहपछि तनहुँमा ६६ जनाले हतियार बुझाएका छन् । प्रशासनले स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिर्जना गर्न इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यलयमा बुझाउन अनुरोध गरे बमोजिम बुझाइएको हो ।

सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमामा उक्त हतियार बुझाउन आग्रह गरेबमोजिम उक्त सङ्ख्यामा हतियार बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । हतियार  सबै जनाले भरुवा बन्दुक भएको र निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने उहाँले जानकारी दिनुभयो । 

हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनका बेला घरघरमा हतियार राख्दा निर्वाचनमाथि नै प्रश्नचिह्न उठने भएकाले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिए बमोजिम हतियार बुझाएको जानकारी दिनुभयो।