• १३ असोज २०८१, आइतबार

महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

blog

काठमाडौं, वैशाख २१ गते । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखेको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो ।

वैशाख १८ गते मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई बढुवा गरेको थियो । महानिरीक्षक नियुक्तमा असहमति जनाउँदै एआइजी विश्वराज पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अघि रहेको भन्दै महानिरीक्षक नियुक्ति बदर गर्न माग गरिएको छ ।