• ७ पुस २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, साउन १५ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुख घिमिरेले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम २ बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायिन्तवको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहनुहुने सदस्यहरुको नाम प्रस्ताव गर्नुहुने छ ।

यसैगरी, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने छ ।