• ७ पुस २०८१, आइतबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्बन गर्नुपर्छः सांसद जबरा

blog

सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबरा सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन १४ गते । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गर्नुभयो । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदिए नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नुपर्दैन ? हामी सबैले संसदमा बोल्छौं । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौं । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’’

सांसद जबराले सरकारले नियामक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने  बताउनुभयो ।