• १९ असार २०८१, बुधबार

‘भूमिहीनका समस्या गठबन्धनले समाधान गर्छ’

blog

टीकापुर समाचारदाता

टीकापुर (कैलाली), वैशाख २१ गते । नेपाली काँग्रेसकी नेत्री आरजु राणाले केन्द्रमा रहेको गठबन्धन सरकारले निर्णय गर्ने र टीकापुरमा पनि तीन दलको गठबन्धन भएकाले सबै प्रक्रिया मिलाएर अर्को चुनावअगाडि नै भूमिहीनले जग्गा पाउने आश्वासन दिनुभएको छ ।मङ्गलबार टीकापुर नगरपालिका–१ को शिवनगरमा भएको गठबन्धनका उम्मेदवारको चुनावी सभामा बोल्दै राणाले यहाँको सुकुम्बासी शिविरमा बसेकाहरूको घरछाप्रा देखेर दुःख लागेको र सकेसम्म चाँडै समस्या समाधान गर्ने र लालपुर्जा बाँड्ने दिनमा आफू पनि  आउने बताउनुभयो । 

गठबन्धनका उम्मेदवारहरूको चुनावी सभामा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार नवराज रावल, माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार खडकबहादुर शाह र एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार सूर्यचन्द्र भट्टराईले पनि आफूहरू निर्वाचित भए सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।