• १२ साउन २०८१, शनिबार

महिला क्रिकेट टोली फर्कियो

blog

श्रीलङ्कामा भएको एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिएर नेपाली टोली काठमाडौं फर्किएको छ । तस्बिर : विकास द्ववारे

काठमाडौँ, साउन १० गते । श्रीलङ्कामा भएको एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिएर नेपाली टोली काठमाडौँ फर्किएको छ  । 

एसिया कपमा नेपालको यात्रा समूह चरणबाटै सकिएको थियो । समूह ‘ए’ मा रहेको नेपाले तीन खेलमा ए कजित र दुई हार खेपेको थियो । नेपालले पहिलो खेलमा संयुक्त अरव इमिरेट्स (यूएई) माथि ६ विकेटको जित निकालेको थियो ।

नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले र अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग ८२ रनले पराजित भएको थियो । यस समूहबाट नेपाल र यूएई बाहिरिदा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका थिए ।