• १० माघ २०८१, बिहिबार

भारतमा २४ घण्टामा दुई हजार ५६८ जना सङ्क्रमित

blog

नयाँदिल्ली, वैशाख २० गते । भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून बिन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघेको लगातार पाँचौँ दिन भएको थियो  । यद्यपि गत २४ घण्टामा भने केही कमी आएको पाइएको छ । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४२ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ७४४ सक्रिय सङ्क्रमित छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८८९ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमित बढेको पाइए तापनि गत २४ घण्टामा केही हप्तापछि पहिलो पटक ३६३ जना सक्रिय सङ्क्रमित घटेका छन् ।

२४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म दुई हजार ९११ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४१ हजार ८८७ जना सफलतापूर्वक कोरोना सङ्क्रमित निको भएका छन् ।