• १ साउन २०८१, मङ्गलबार

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री पदको शपथ लिनुहुँदै प्रकाशमान सिंह र विष्णु पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । वरीयतामा सिंह अगाडि रहनुभएको छ ।