• १२ असोज २०८१, शनिबार

नेपाल आज जिम्बावेसँग दोस्रो टी-२० खेल्दै

blog

पहिलो खेलमा जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख १९ गते । नेपालले आज (सोमबार) जिम्बावे  ‘ए’  विरुद्ध दोस्रो टी-२०  खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । तीन खेलको टी-२० अभ्यास सिरिजमा आज जित निकाल्न सके नेपालले १–१ को बराबरी गर्नेछ । पराजित भएका सिरिज जिम्बावेको पोल्टामा पर्नेछ । तर, बर्षाका कारण आजको खेल प्रभाविक बन्ने सम्भावना पनि छ ।

नेपालले जिम्बावेसँग बुधबार टी-२० सिरिजको अन्तिम खेल तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावे सँग सिरिज खेलेको हो । 

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।