• ८ मंसिर २०८१, शनिबार

ठेकेदार फरार भएपछि पकरी–डलवाबाग सडक अलपत्र

blog

ठेकेदार फरार भएपछि सप्तरीको पकरी–डलवाबागको हिलाम्मे सडक । तस्विरः देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, असार ३० गते । ठेकेदार फरार भएपछि सप्तरीको पकरी–डलवाबाग सडक अलपत्र परेको छ । मधेस प्रदेश सरकारले पकरी डलवाबाग सडकको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषासँग २०७८ चैत ७ गते सम्झौता भएको थियो ।

३१ करोड २४ लाख ८ हजार ३२४ रुपियाँ २८ पैसामा (भ्याट बाहेक) सम्झौता गरी २०८० चैत ८ गते सम्पन्न गर्नेगरी सो सम्झौता भएको थियो । फागुन–चैतदेखि कछुवाको तालमा काम भए पनि ठेकेदार फरार भएपछि अहिले वर्षाको समयमा स्थानीयहरू हिलोमा आवत–जावत गर्न बाध्य भएको स्थानीय दीपक यादवको गुनासो छ । 

हिलोका कारण सो ठाउँमा एम्बुलेन्स जान नसक्दा बिरामीलाई बोकेर हुलाकी लोकमार्गसम्म पुगाउन समेत समस्या भइरहेको स्थानीय जयनारायण यादवले बताउनुभयो । ठेकेदार कम्पनीले बस्ती क्षेत्रमा ढलानको काम गर्ने अन्य ठाउँमा पिच गर्ने भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर दीपेन्द्र यादवले जानकारी दिनुभयो ।