• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठक स्थगित

blog

काठमाडौं, असार २७ गते । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार अपराह्नबाट सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।

लगत्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराउनुभयो । उहाँले बैठकमा कुनैपनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभयो ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गर्नुहुने छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा)नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत नदिने निर्णय गरिसकेको छ ।

प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ जना सांसदको साथ चाहिन्छ ।

गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ सरकार गठन गर्नेलगायत समझदारी बनेको थियो ।