• १२ साउन २०८१, शनिबार

कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता

blog

काठमाडौँ, असार २७ गते । नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् ।

त्यस्तै, न्यून दृष्टियुक्त १७.१ प्रतिशत, दृष्टिविहीन ५.४, बहिरोपन ७.१ प्रतिशत, मनोसामाजिक अपाङ्गता ४.३ प्रतिशत रहेका छन् । न्यून श्रवणशक्ति ८.० प्रतिशत, बहिरोपन एवम् दृष्टिविहीन १.६ प्रतिशत, बौद्धिक अपाङ्गता १.८, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) ०.८ प्रतिशत, अटिजम् ०.८ प्रतिशत, बहु अपाङ्गता भएका ८.९ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या रहेका छन् । जसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ (५१.०२) रहेको छ । तथ्याङ्क अनुसार एक करोड २३ लाख ८४ हजार ९१ बालबालिका रहेका छन् । नेपालमा वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । वल्डो मिटरका अनुसार विश्वमा आठ अर्ब १२ करोड ११ लाखभन्दा बढी जनसङ्ख्या रहेको छ ।