• १२ साउन २०८१, शनिबार

बारामा बस दुर्घटना : १३ घाइते, दुईको अवस्था गम्भीर

blog

बाराको जितपुरस्थित पसाहामा भएको सवारी दुर्घटना । तस्बिर : सशस्त्र प्रहरी

बारा, असार २७ गते । बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले मलङ्गवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुन नजिकै बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो । सो गाडीमा १३ जना सवार थिए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् भने दुई अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घाइते १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार कार्यमा जुटेको थियो । गम्भीर घाइते भएको दुई जनालाई तत्कालै उपचारका लागि उक्त गणको गाडीद्वारा र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ ।