• १२ साउन २०८१, शनिबार

चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

blog

बेइजिङ, असार २६ गते । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।

चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।”

“निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

“प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,” प्रतिवेदनमा भनिएको छ । अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।

भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ । चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाइ गरेका छन् ।

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानुनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ । रासस/एएफपी